बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान २६ रनले पराजित – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान २६ रनले पराजित

7 months ago
A A
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमा समेटियो ।

ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रनको योगदान दिए । कश्याप प्रजापतीले  २१ रन बनाए ।

बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ४ विकेट लिए । स्पिनर सकिब अल हसनले ३ विकेट लिए ।

यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेश निर्धारित २० ओभरमा १५३ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर मोहम्मद नईमले सर्वाधिक ६४ रनको योगदान दिए । सकिब अल हसन ४२ रनमा रन आउट भए ।

ओमानका तीव्र गतिका बलर बिलाल खानले ३ विकेट लिए । अर्का तीव्र गतिका बलर फैज बुटले ३ विकेट लिए ।

समूह बी मा रहेको बंगलादेशले आफ्नो दोस्रो खेलमा ओमानलाई पराजित गर्दै सुपर १२ को सम्भावना जीवित राखेको छ ।

पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समान १ खेल खेल्दा श्रीलंका २ अंकका साथ शीर्षस्थानमा छ । आयरल्यान्डको २ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स र नामिबिया अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

Previous Post

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Next Post

मेस्सीको दुई गोल मद्दतमा पिएसजीको जित

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM