बंगलादेशमा साम्प्रदायिक हिंसाः एक सातामा हिन्दू समुदायका ३० घरमा आगजानी ,६६ घरमा तोडफोड – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

बंगलादेशमा साम्प्रदायिक हिंसाः एक सातामा हिन्दू समुदायका ३० घरमा आगजानी ,६६ घरमा तोडफोड

7 months ago
A A
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् । गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथि कथित निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै त्यहाँका मुसलमान अल्पसंख्यक हिन्दूमाथि जाइलागेका थिए ।

पछिल्लो पटक राजधानी ढाकाबाट २२५ किलोमिट टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी गरेका थिए । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि मुसलमान समुदाय हिन्दूका घरमा आगजनीमा उत्रिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ती व्यक्तिको घरमा सुरक्षा गरिरहेका बेला आक्रमणकारीले उनको घरनजिकैका अन्य घरमा आक्रमण गरेको थियो । बंगलादेशको अग्नि नियन्त्रक कक्षका अनुसार माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेका छन् ।

दुर्गा पूजाका क्रममा चित्तागोङको कुमिलामा मुस्लिम धर्मगुरुमाथि निन्दा गरिएको कथित आरोपपछि धार्मिक तनाब बढेको थियो । आक्रमणकारीले कुमिला, चन्दपुर, चाटोग्राम, कोक्स बजार, बन्दरबान, मउलिभीबजार, गाजीपुर, फिनीलगायतका जिल्लाका हिन्दू मन्दिरमा हमला गरेको बंगलादेश प्रहरीले जनाएको छ ।

Previous Post

उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

Next Post

तालिवानलाई खुला पत्र लेख्दै मलला युसफजाईले भनिन्–किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • पोखरेलको नियुक्ति विरोधमा प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM