सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ ः पूर्वप्रधानमन्त्री भट्टराई – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ ः पूर्वप्रधानमन्त्री भट्टराई

10 months ago
A A
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

चितवन, २५ असोज :  जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उहाँले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, “वास्तविक सुकुम्बासी पहिचान गराँै, तितरवितर पार्नु समस्याको समाधान होइन ।”

फरक प्रसङ्गमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निरासा आउँछ ।” प्रतिगमनविरुद्ध सङ्घर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन ।”(रासस)

Previous Post

शिविरमार्फत सामाजिक सुरक्षाभत्ता

Next Post

आज पनि घट्यो सुनको मूल्य

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • तिजको गति ‘शितलु’ लिएर आए शितल शर्मा र प्रकाश पराजुली

    0 shares
    Share 0 Tweet 0
  • भारतबाट ‘कोभिशिल्ड’ खोप १० लाख डोज नेपाल आइपुगयाे

    523 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • अवैध लागूऔषध सहित पक्राउ

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM