नवनियुक्त मन्त्री हमालको राजिनामा स्विकृत – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

नवनियुक्त मन्त्री हमालको राजिनामा स्विकृत

8 months ago
A A
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,  असाेज २४ गते । नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजिनामा गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीको अनुरोध स्विकार गर्दै हमालले आईतबार विहान पदबाट राजिनामा गर्नुभएको हो ।

विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि हमालले पदबाट राजिनामा गरेको बताउनु भएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजिनामा पत्रमा भन्नुभएको छ, ‘हाल विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो बर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ ।

तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजिनामा दिएको छु ।’ हमालले दिएको राजिनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्विकृत गरिसक्नु भएको छ । यद्यपी हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उहाँ २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन् । (संभार : गाेरखापत्र अनलाइन)

Previous Post

पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Next Post

पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस हुँदै

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM