सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावितलाई प्राज्ञिकद्वारा राहत वितरण – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावितलाई प्राज्ञिकद्वारा राहत वितरण

8 months ago
A A
31
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गत असार १ गते सिन्धुपाल्चोक जिल्लामा गएको विनाशकारी बाढी, प्रभावितहरूलाई राहत सामग्री वितरण गर्नका लागि जिल्ला विपत व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई राहत हस्तान्तरण गरेको छ ।

विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायतको टोलिले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेललाई एक औपचारिक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेको छ ।

परिषद्ले यस बर्ष बाढी प्रभावितहरुका लागि भारत सरकार र भारतिय नागरिकहरु सँग समन्वय गरेर राहत सामाग्री ल्याई
बाढी प्रभावित जिल्लाहरु मनाङ, गाेरखा, धादिङ, रसुवा, दाेलखाका नागरिकहरूलाई वितरण गरिसकेकाे छ । यसै क्रममा करिब ६० लाख बराबरको राहत (टेण्ट, प्लास्टिक सिट, सिलिपिङ म्याट्स लगायतका) सामग्रीहरू सिन्धुपाल्चोकका जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिएका छन् ।

उक्त राहत सामग्री वितरण एवं हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री अरुन पोखरेल, विद्यार्थी परिषदका आदरणीय राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने,गोरख बक्स गण सिन्धुपाल्चोकका गणपती निर्मल कुमार श्रेष्ठ, प्रहरी उपरीक्षक राजन अधिकारी, विद्यार्थी परिषदका राष्ट्रिय व्यवस्था प्रमुख केशव राज पन्थी,केन्द्रीय सदस्य दीपक ढकाल,बाग्मती प्रदेश कार्यकारीणी सदस्य कविना कार्की, परिषदका नगर अध्यक्ष ज्ञान बहादुर तामाङ लगायत परिषदका कार्यकर्ता एवं अन्य व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Previous Post

कीर्तिमानी पर्वतारोही पुर्जा तेस्रो पटक धौलागिरिमा

Next Post

सानीभेरीमा जीप दुर्घटनामा मृत्यु

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • गठबन्धन टुटाउने प्रयास भयो,बचाउने प्रयास गर्‍यौं ,अहिले पनि भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • मेलिनालाई न’लिएर प्रमोदले ग’ल्ती गरेकै हुन् त ? खु’ल्यो र’हस्य

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM