आवास निर्माणको माग गर्दै दलितद्वारा प्रदर्शन – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

आवास निर्माणको माग गर्दै दलितद्वारा प्रदर्शन

गरिब दलितलाई आवासको हकबाट वञ्चित गरेको भन्दै रौतहटका दलितहरुको विशाल प्रदर्शन

8 months ago
A A
6
SHARES
332
VIEWS
Share on FacebookShare on Twitter

गौर। गरिब दलितलाई आवासको हकबाट वञ्चित गरेको भन्दै रौतहटका दलितहरुले विशाल प्रदर्शन गरेका छन् ।

संविधानमै दलितहरुका लागि आवासको हक मौलिक हकको रुपमा व्यवस्था गरिएको भए पनि राज्य पक्षले नै वेवास्ता गरेको भन्दै मङ्गलबार रौतहट सदरमुकाम गौरमा हजारौँको संख्या दलित तथा विपन्न वर्गले प्रदर्शन गरेका हुन् । आन्दोलनको अगुवाई गरिहरेको दलित आवास निर्माण संघर्ष समिति, रौतहटले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसमक्ष ८ बुँदे माग राख्दै ज्ञापन पत्र समेत बुझाएका छन् । आफ्ना माग पुरा नभए सशक्त संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

ज्ञापनपत्र बुझाउदै प्रदर्शनकारीले गरिब दलितलाई आवासको व्यवस्था हुनुपर्ने, राज्यको हरेक निकायमा दलितको जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था हुनुपर्ने, संवैधानिक मौलिक हकको रुपमा रहेको जातीय छुवाछुत गर्न नहुने हक तथा आवास निर्माणको हक पूर्ण कार्यान्वयन हुनुपर्ने,आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाही हुनुपर्ने माग राखेका हुन् । त्यस्तै उनीहरुले आवास निर्माण भइरहेको अनियमितताको अविलम्ब छानबिन हुनुपर्ने, कमिसनमा भुक्तानी रोक्नेलाई कारवाही गर्ने र बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्ने, निर्माणधीन घरहरू छिटो पुरा गर्नुपर्ने तथा दलित युवालाई सीप तथा रोजगारीको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

प्रदेश सरकारको मातहतको जनता आवास कार्यक्रममा भ्रष्टाचार गरी गरिब दलितको आवास निर्माण रोकेर अलपत्र पारेको भन्दै उनीहरुले जिल्ला स्थित जनता आवासको कार्यालय घेराउ गरेका हुन् । आफ्ना मागहरु पुरा गरी दलितलाई आवासको हकबाट बञ्चित गरे जिल्लाको कुनै पनि कार्यालय चल्न नदिने उनीहरुको चेतावनी दिएका हुन् ।

सुरक्षित नागरिक आवास कार्यक्रममा भएको भ्रष्टाचारको विषय लिएर यही साउन १५ गते हरेक स्थीय तह घेराउ गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । माग पुरा नभए केही दिनपछि समीक्षासहित थप संघर्षको कार्यक्रम तय गर्ने बताइएको छ । बर्षेनी जनता आवास तथा नागरिक आवास कार्यक्रमको धेरै रकम फ्रिज हुँदै आएको छ ।

Previous Post

भारत सरकारको सहयोगमा सिरहामा ४२ लाख बराबरको राहत सामाग्री

Next Post

कामपामा आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • पोखरेलको नियुक्ति विरोधमा प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM