भगवान गणेश र हनुमान’जी को विशेष दिन’ दर्शन गरेर राशिफल हेरौं; – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

भगवान गणेश र हनुमान’जी को विशेष दिन’ दर्शन गरेर राशिफल हेरौं;

8 months ago
A A
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज ५ गते मंगलबार इश्वी सन २०२१ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष प्रतिपदा तिथी शरद ऋतु सोह्रश्राद्धारम्भ, प्रतिपदाश्राद्ध, विश्व शान्ति दिवस, | मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।

आज बाट सोह्र श्राद्ध प्रारम्भ’ किन गरिन्छ श्रद्ध’ यो पनि पढ्नुस ‘

सोह्र श्राद्ध यस्तो छ शास्त्रीय एवं बैज्ञानिक महत्त्व

आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मका १६ दिनलाई पितृपक्ष वा सोह्र श्राद्ध भनिन्छ । श्राद्ध भनेको के त भन्ने सन्दर्भमा भनिएको छ । “श्रद्धया दियते दानं इति श्राद्धम् ” अर्थात् जुन वस्तु श्रद्धाले दिइन्छ त्यो नै श्राद्ध हो ।” श्रद्धया क्रियते यत्र तच्च श्राद्धं परिकीर्तितम् ।” अर्थात् पितृको उदेश्यले जो कार्य श्रद्धापुर्वक गरिन्छ, त्यसैलाई श्राद्ध भनिन्छ । “
देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्रद्धमुदाहृतम ।।”

देश, काल र पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको उदेश्यले नामोच्चारण गरी ब्राह्मणलाई जो दान दिइन्छ तो दानलाई श्राद्ध भनिन्छ ।
सनातन धर्मअनुसार मानिसले जन्मदेखि बोकेर आएको देवऋण, पितृऋण र ऋषिऋण चुकाउनै पर्ने बताइएको छ। ती मध्ये पितृऋण चुक्ता गर्न बुवाआमा जीवित छन् जेल आदरसत्कार , सेवासुश्रया र स्याहारसुसार गर्ने र मृत्यु पश्चात् श्राद्धादी कर्म गरेर पितृ ऋण चुक्ता गर्नु पर्छ भन्ने मान्यता छ। ” मातृदेवो भव: पितृदेवोभव: आचार्यदेवो भव: । देवपीतृकार्याभ्यां न प्रमदितव्यम् ।। ” मातापिता र गुरुलाई जीवित देवता समान मनेर आदर गर्न पर्छ । देवकार्य र पितृकार्यमा सदैव सावधान भएर लाग्नु पर्दछ। मातापिता र गुरुको महत्त्वलाई सबै धर्मशास्त्रले उत्तिकै रुपमा ब्याख्या गरेका छन् । जन्म देखि लालनपालन ,शिक्षा-दीक्षा र जीवनको मार्ग निर्देशन लगायत हरेक कुरामा मातापिताको स्वतह महत्त्वपूर्ण भूमिका रहन्छ । स्वभाविक रुपमै मातापिता प्रति मानिस ऋणी हुन्छ । सो ऋण चुक्ता गर्न पनि मातापिताकालागि वैदिक शास्त्रले निर्दिष्ट गरेका काम गर्न आवश्यक हुन्छ ।

‘सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी।
धनपुत्रा : कुतस्तस्य पितृनिश्वास पीडनात्।।’
(गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध
नगर्नेका लागि उसका धन र सम्पत्ति, वैभव तथा
उसका सन्तति निरर्थक हुन्छन्)
प्रत्येक वर्ष मातापिताको मृत्यु तिथिमा श्राद्ध गरिन्छ भने पितालाई सोह्र श्राद्धमा पनि विशेष गरिन्छ । श्राद्धमा प्रयोग हुने जौ, तिल, कुश, तामाका भाँडा, पहेँला–सेता फूल, शुद्ध जल आदि विशिष्ट गुण भएका प्राकृतिक पदार्थ हुन्, जसको अन्तरक्रियाले त्यो सूक्ष्म कण र मानव मनलाई जोड्छ । पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै कपाल मुण्डन ,सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई सकारात्मकतातिर लैजान सकिन्न । तसर्थ श्राद्धको अगिल्लो दिन एकछाक खानु सत्विक भोजन आवश्यक भएको हो। हिजो आजपनि सोह्र श्राद्ध सुरु भैसकेपछि अर्धमुण्डन नगर्ने , माछामासु लसुनप्याज नखाने गर्दछन् ।

त्यस्तै छोराले मातापितालाई सम्झेर प्रत्येक वर्ष श्राद्ध गर्दा श्रद्धापुर्वक गर्नु पर्दछ भन्ने शास्त्रीय मान्यता छ। यदि जहाँ श्रद्धा छैन भने त्यो केवल औपचारिकताको मात्र श्राद्ध हुनेछ । यदि श्रद्धापूर्वक गरिन्छ भने पितृहरुले ग्रहण गर्दछ्न । श्राद्धमा तर्पण, अन्न (सीदादान)र पिण्डदानलाई प्रमुख रुपमा लिइएको छ। हिन्दुहरुले मात्र होइन संसारका अनेकन जातजाति, धर्म , सम्प्रदायहरुले आफ्नो बिधि अनुसार श्राद्ध गर्दछ्न् । चिन र जापानमा त हिन्दु धर्मले भन्दा बढी पितृहरूलाई महत्त्व दिएका हुन्छन् ।

पश्चिमीमुलुकहरुमा समेत पितृलाई स्मरण गर्ने प्रचलन सुनिएको छ। नेपाल र भारतमा मात्र होइन जर्मनी, अमेरिका, जापान, फ्रान्स, अफ्रिका, इङ्ल्यान्ड, इटाली, स्कटल्यान्ड, हङ्कङ आदि देशहरुमा समेत प्रकारान्तरले श्राद्ध गर्ने वा स्मृतिदिवस मनाउने प्रचलन छ । त्यसैगरी हिन्दु संस्कृतिमा मात्र होइन बौद्ध, जैन, शिख, इस्लाम र क्रिस्चियन संस्कृतिमा समेत आआफ्नै किसिमले मृतकप्रति श्रद्धा प्रकट गरेर श्राद्ध गर्ने प्रावधान छ । जस्तो रेयुकाईहरु अन्तरात्माको विकास कार्यक्रमको सुरुमा पितृहरुलाई सम्झेर प्रार्थना गर्छन् । त्यस्तै जलको पूर्णकलश , फूल पितृवंशावली रखेर प्रत्येक दिन बिहान पितृहरुलाई सम्झन्छन् यस किसिमबाट जापानीहरु मान्दछन् । पितृहरुले पातालमा दिईएको आन्नलाई सूर्यको प्रकाश द्वारा बास्ना वा सुगन्धका रुपमा ग्रहण गर्छन् भन्ने मान्यता पनि रहिआएको छ।

श्राद्ध गर्नाले पितृको कल्याण मात्र होइन, उनीहरूको आशीर्वादबाट श्राद्ध गर्नेको पनि कल्याण हुन्छ, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ । श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ । अर्कोतर्फ केहि लौकिक मान्यतालाई हेर्दा हाम्रा महत्त्वपूर्ण चाड दशैंतिहार सुरु हुन भन्दा पूर्व आफ्ना पितृहरुलाई सन्तुष्ट पारेर मात्र चाड मनाउने रङ्गरमाइलो गर्ने प्रचलन पनि बैज्ञानिक मानिन्छ । नेपाली उखान अनुसार “दैवले दिएको पितृले हर्छ” देवता लाई भन्दा पितृलागि बढी महत्व दिइएको छ । दशैतिहारमा देवताको पुजाआजा गर्नु पूर्व श्राद्ध गरि पितृलाई तृप्त गराउने परम्परा पनि चलेको भन्न सकिन्छ ।

तसर्थ आफ्नो मातापिताको योगदानलाई स्मरण गर्दै अगि बढ्नु पर्छ। मातापिता समान देवता अर्को हुन सक्दैन । जीवनका हरक्षण मातापिताको चहाना बमोजिम पुत्रको कर्तव्य बोध गर्दै सत्कर्म तर्फ अभिमुख भइयो भने जीवन पनि सार्थक बन्नुका साथै वर्षेनि श्राद्ध गर्नुको औचित्य हुन्छ ।

लेखक चक्रपाणी डुम्रे (शास्त्री) (नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।)

Previous Post

नेपाल–भारत सैन्य अभ्यास पिथौरागढमा सुरु, दुवै देशका ६५० सैनिक सहभागी

Next Post

बि;चा;रा यी साना बालक सँधै’का लागि अ;स्ता;ए; सबैले श्र;द्धा;न्ज;ली दिनुहोला

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM