भोजपुरमा अकबरे खुर्सानीबाट मालामाल बन्दै युवा – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

भोजपुरमा अकबरे खुर्सानीबाट मालामाल बन्दै युवा

9 months ago
A A
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

अकबरे खुर्सानी टिप्दै भोजपुर नगरपालिका– ४ दावा सिद्धेश्वरका कृषक गणेश विष्ट । यहाँ उत्पादित खुर्सानी धरान, विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री हुने गर्छ ।

उठ्न थाल्यो बनेपाको फोहर-बनेपा बजारमा करिब डेढमहिनादेखि थुप्रिएको फोहर उठ्न थालिइएको छ । फोहर व्यवस्थापनका लागि नगरपालिकासँग ठेक्का सम्झौता गरेको ग्रिनपिस इन्भारोमेन्ट प्रालिले अरु ठाउँमा व्यवस्थापन गर्ने गरी शनिबारदेखि फोहर उठाउन थालेको हो ।

“नगरपालिकासँग सम्झौता गरिएको संस्थाले सिसडोलका अलावा अन्य ठाउँमा व्यवस्थापन गर्ने गरी काम थालेकाले अब बनेपा बजारको सबै फोहर उठ्छ”, नगरपालिका–७ का वडाध्यक्ष वर्ण शाक्यले भन्नुभयो, “शनिबारबाट फोहर उठाउन थालिसकेको छ ।” फोहर व्यवस्थापनको जिम्मा पाएको संस्थाले शनिबार बनेपाको चार दोबाटो चोकस्थित अरनिको राजमार्ग छेउमा थुपारेको फोहर उठाएको हो ।

ग्रिापिस इन्भारोमेन्ट प्रालिका उत्तर सिं लामाले अब बनेपा नगरपालिकाभित्रका सबै फोहर उठाउन थालिएको जानकारी दिनुभयो । पहिलादेखि उठाएको फोहर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले नुवाकोटको सिसडोलमा लगेर फाल्ने गर्दै आएकोमा पछिल्लो समयमा त्यहाँ जाने बाटो अवरुद्ध भएपछि समस्या आएको थियो । अब अर्को संस्थालाई आफूले व्यवस्थापनको जिम्मा दिएकाले फोहर उठ्न थालेको उहाँको भनाइ छ ।

“बनेपाको चार दोबाटो चोकको फोहर उठाइसकिएको छ”, उहाँले भन्नुभयो, “आजबाट बनेपा नगरपालिका पछाडी रहेको बसपार्कमा थुपारेको फोहर उठाउने काम भइरहेको छ ।” अहिले फोहर उठाउनका लागि दैनिक ७÷८ वटा गाडी प्रयोग भइरहेको जनाइएको छ । यहाँबाट उठाएको फोहर यसअघि सिसडोलस्थित ल्याण्ड फिल साइडमा लगेर फाल्ने गरेकोमा अब वैकल्पिक रुपमा काठमाडौँको मूलपानीमा रहेको नेपाल स्वच्छ वातावरण नामक संस्थासँग सात वर्षका लागि सम्झौता गरेर दिने सहमति भएपछि फोहर उठाउन थालेको लामाले बताउनुभयो ।

सिसोडलमा लान नसकेपनि मूलपानीमा रहेको फोहर प्रशोधन कम्पनीले नियमित रुपमा फोहर लिने भएपछि अब कुनै पनि समस्या नआउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बनेपाका विभिन्न स्थानमा थुपारिएको फोहर एक हप्ताभित्रमा उठाइसक्छौं ।”

बनेपा नगरपालिकाले दीर्घकालीन रुपमा फोहर व्यवस्थापनको योजना नबनाउँदा ल्याण्डफिल साइडमा लगेर फाल्न नपाउने समस्या आउने गरेको छ । यसले अरनिको राजमार्गको बनेपास्थित मुख्य चोक चार दोबाटाको सडक छेउमा नै फोहरको डङ्गुर थुपार्ने गरेकाले समस्या आउने गरेका छन् ।

पछिल्ला समयमा नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइडमा जाने बाटो अवरुद्ध हुँदा करिब डेढमहिना भन्दा बढी समयदेखि बनेपा बजारको फोहर उठेको थिएन । फोहर नउँठाएदा बनेपा बजार क्षेत्र दुर्गन्धित बनेको थियो ।

Previous Post

चर्चामा आउन इलियानाले गरिन् यति सम्मको हर्कत

Next Post

बिष्णु माझीसंग गायिका जानकी तारमी मगरको त्यो जम्का भेट !

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM