काठमाडौँ १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब फेरि मेलम्चीको पानी ल्याउन एमाले सरकार नै चाहिने दावी गरेका छन् ।आज शनिबार पार्टीको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यो गठवन्धन सरकारले मेलम्चीको पानी ल्याउन नसक्ने दावी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ भन्दै ओलीले एमालेबाहेक अरुले मेलम्ची ल्याउन नसक्ने पनि दावी गरेका छन् ।बाढीबाट क्षति ग्रसत मेलम्चीलाई फेरि आउँदो बैशाख सम्म आफु नेतृत्वको सरकारले ल्याउने तयारी रहेको बताएका उनले यो सरकारले भने ल्याउन नसक्कने जिकिर गरेका छन् ।गठवन्धन सरकारको आलोचना गर्दै उनले यो सरकारले आफुले ल्याएको मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन काटेको आरोप लगाए ।
Discussion about this post