काठमाडौँ १८ भदौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ता दहन गरेका छन् ।दार्चुला घटनाको विरोधमा नेकपा एसमा आवद्ध विद्यार्थीहरुले मोदीको पुत्ला दहन गरेका हुन् ।जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाउँदै विद्यार्थीहरुले आज रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।
भारतीय एसएसबीले तुइनको डोरी काटिदिदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिना पुग्दा पनि उनको शव भने अझै फेला परेको छैन ।घटनाको सत्यतथ्य पत्ता लगाउन गठन गरिएको छानविन टोलीले समेत भारतयि एसएसबीको संलग्नता रहेको बताएको छ ।
Discussion about this post