यतिबेला सामाजिक सञ्जाल खर्लप्पै खाएको छ चर्चित तर भुमिगत रहेकी लोक गायिका बिष्णु माझीको चरी जेलैमा बोलको गीतले । टिक टकमा त अहिले सबैभन्दा बढी प्रयोग गरिएको छ यो गीत लाई । तीजमा पाच्य खालका गीत संगीत नआईरहेको बेला चेलीहरुको बिवशता र मनोभावनालाई समेटेर तयार पारिएको यस गीतले सबैको मन जित्न मात्र हैन छुन नै सफल भएको छ ।
बिष्णु माझिको स्वर लोक दोहोरीका लागि भगनावले नै उपहार दिएको मान्न सकिन्छ । उनी कहि कतै सार्वजनिक स्थलमा देखिने गरेकी छैनन् । उनको यो बिवशता हो या आफ्नो रोजाई त्यो उनले आफै नभनि थाहा पाउन सकिदैन । तर सामाजिक सञ्जालमा उनको यो गीत सार्वजनिक भए लगत्तै फेरी एकपटक उनको खोजी र चासो भने चुलिएको छ ।
यति मिठो गीत गाउने बिष्णु माझि बाहिर किन आउन चाहादिनन् भन्ने आम चासो बढेको छ । तर जे होस् भुमिगत जिवनशैलीमा रहे पनि विष्णु माझीको स्वर रहेको यो चरी जेलैमा‘बोलको तीज गीतले अहिले बजार पुरै तताएको छ । चाँडो समयमा सर्वाधिक लोकप्रिय गीत बन्न सफल भएको छ ।
यस गीतमा बिष्णु माझीकै श्रीमान् तथा लोक गायक सुन्दरमणी अधिकारीको को संगीत तथा शब्द रहेको छ । सम्भु चालिसेको छायांकन रहेको यस गीतको भिडियोको निर्देशन सुन्दरमणी आफैले गरेका छन् । भिडियोमा ललिता पौडेलको अभिनय रहेको छ ।
Discussion about this post