मिश्रजीलाई बैठक बोलाउने अधिकार छैन, उहाँ पार्टी फुटाउन लाग्नुभयो : पाण्डे – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

मिश्रजीलाई बैठक बोलाउने अधिकार छैन, उहाँ पार्टी फुटाउन लाग्नुभयो : पाण्डे

9 months ago
A A
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १६ भदौ-विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र पार्टी विभाजनको गतिविधिमा लागेको आरोप लगाएका छन् ।एकताको महाधिवेशन अघिसम्म अध्यक्ष र संयोजक दुवैको सहमतिमा बैठक बोलाउनु पर्ने विधानमा व्यवस्था भए पनि मिश्रले एकलरूपमा बैठक बोलाएर पार्टी विभाजनको बाटो लिएको आरोप पाण्डेको छ ।

‘दुवै पार्टी एकीकरणका लागि बनाइएको विधानको धारा २० मा महाधिवेशनसम्म अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने उल्लेख छ,’ पाण्डेले न्युज कारखानासँग भने, ‘तर संयोजकको सहमति बिना नै उहाँले एकलरूपमा बैठक बोलाउनु भयो, जुन अधिकार उहाँलाई छँदै थिएन ।’

उनका अनुसार एकीकरणको मर्म, उद्देश्य तथा विधानविपरीत बैठक आह्वान गरेर पार्टीलाई विभाजन गराउने काम मिश्रले सुरुवात गरेका छन् । ‘विधानविपरीत हुने गरी सहमति बिना नै एकलरूपमा बैठक बोलाउनु भनेको पार्टी विभाजन गराउनु हो, उहाँले पार्टी विभाजन गराइसक्नु भएको छ,’ पाण्डेको थप आरोप छ, ‘उहाँले विधानविपरीत बैठक बोलाएपछि बाध्य भएर मैले पनि बैठक आह्वान गर्नु परेको हो ।’

पाण्डेले विधानको व्याख्या गर्ने अधिकार अध्यक्षलाई नभई संयोजकलाई दिएको पनि दावी गरेका छन् । ‘पार्टी विधानको धारा ६३ मा विधानको व्याख्या गर्ने अधिकार अध्यक्षलाई होइन, संयोजकलाई दिएको छ तर मिश्रजीले आफूखुसी व्याख्या गरेर एकताको मर्ममा प्रहार गर्नु भएको छ,’ उनले भने । उनका अनुसार मिश्रले पार्टीको उद्देश्यमाथि पनि कुठराघात गरेका छन् ।

गत २५ मंसिरमा तत्कालीन साझा र विवेकशीलबाट ६५/६५ जना केन्द्रीय समिति सदस्य रहने गरी एकीकृत भएका थिए । तर, एकीकरण भएको एक वर्ष नपुग्दै मिश्र र पाण्डे दुवै पक्षले अलग-अलगरूपमा १७ भदौका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका छन् ।मिश्रले एकल रुपमा संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने नयाँ धारणा सार्वजनिक गरेपछि विवेकशिल साझामा विवाद बढेको थियो । पाण्डे समूह भने राजनीतिकरूपमा उपलब्ध संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा उभिँदै आएको छ ।

Previous Post

एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ: महाकालीमा जयसिंह बेपत्ता प्रकरण |

Next Post

भारतबाट फर्किएका खनाललाई भेट्न निवासमा पुगे प्रचण्ड, के के भयो कुराकानी ?

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM