ग्लोबल टीन हीरो’ का अन्तिम २० प्रतियोगीसँग दूतावासको अन्तरक्रिया – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

ग्लोबल टीन हीरो’ का अन्तिम २० प्रतियोगीसँग दूतावासको अन्तरक्रिया

12 months ago
A A
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

भारतीय राजदूतावास र एम÷एस ग्लोबल प्राइभेट लिमिटेडले दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ‘ग्लोबल टीन हीरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तरक्रियाको आयोजना ग¥यो । नेपालका विभिन्न जिल्लाबाट आएका १४ देखि २० वर्ष उमेर समूहका अन्तिम २० प्रतियोगीहरुले उत्सुकता एवम् चासोका साथ नियोग उप–प्रमुख खम्पासँग अन्तरक्रिया गरे । २० सहभागीहरुमा सामाजिक उद्यमी, अभियन्ता, शिक्षक लगायत नवीन सोच भएका व्यक्तिहरु थिए ।

प्रतियोगीहरुले आफ्ना व्यक्तिगत जीवन कथा र आफूले गरेका कामहरुको अनुभव एक आपसमा साटासाट गर्नुका साथै आफ्ना समुदाय, आफ्ना परिवार र आफू स्वयमका लागि साँचेका भविष्यका आकांक्षाहरु बारे बताएका थिए । आ–आफ्ना समुदायको विकासका लागि प्रत्येक प्रतियोगीले आफ्नै तवरबाट योगदान पु¥याएका छन् र सानै उमेरमा उनीहरुले देखाएको साहस, उनीहरुले पु¥याएको योगदान र हासिल गरेका उपलब्धिहरुलाई कदर गर्न हेतु उनीहरुलाई प्रतिष्पर्धी (Glocal 20under20 नाम दिइएको) को रुपमा छनौट गरिएको हो ।

अन्तरक्रियामा बोल्दै नियोग उप–प्रमुख खम्पाले पहलकदमी थालनीको महत्वबारे चर्चा गर्दै प्रत्येक प्रतियोगीहरुले परिवर्तनको सम्वाहक बन्न देखाएको जोश र उत्साहको सराहना गर्नुभयो । ती प्रतियोगीहरु नेपाल र भारत–नेपाल सम्बन्धको भविष्य भएकोे बताउँदै खम्पाले उनीहरुलाई समुदाय, समाज र देशको रुपान्तरणतर्फ काम गर्न प्रेरित गर्नुभयो । साथै वहाँले प्रतियोगीहरुलाई क्षेत्रीय सम्बन्ध विस्तारलाई जोड दिदै नेपालको मात्र नभई सिंगो दक्षिण एसियाको भविष्य कोर्ने नेतृत्वदायी भूमिकामा खरो उत्रिन पनि अभिप्रेरित गर्नुभयो ।
४. कार्यक्रमको अन्तमा प्रश्न/उत्तर सत्रमा उपस्थित सहभागीहरुले कूटनीति, छिमेकी मुलुकमा देखिएका समस्या र चुनौतीमा भारतले देखाएको अग्रसरता, पेशा छनौट र सीप ज्ञान हासिल गर्नुको महत्वसँग सम्बन्धित विषयमा विविध प्रश्न, जिज्ञासा राख्नुका साथै उनीहरुले उठाएका प्रश्न, जिज्ञासाको उत्तर दिइएको थियो ।

Previous Post

Embassy’s Interaction with Finalists of Glocal Teen Hero

Next Post

श्री द्वार देवी मा. वि आलौ पर्सामा दाइजो तथा बाल विवाह चिन्ह चित्रकला प्रतियोगिता सम्पन्न |

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • तिजको गति ‘शितलु’ लिएर आए शितल शर्मा र प्रकाश पराजुली

    0 shares
    Share 0 Tweet 0
  • भारतबाट ‘कोभिशिल्ड’ खोप १० लाख डोज नेपाल आइपुगयाे

    523 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • अवैध लागूऔषध सहित पक्राउ

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM