काठमाडौं ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी माधव नेपाल लगायतका नेताहरुलाई सनाखतको लागि निर्वाचन आयोगले भोली बुधबार ११ बजे बोलाएको छ ।गठवन्धन सरकार दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि नयाँ दल दर्ता गरेका नेपाल पक्षलाई भोली आयोगले बोलाएको हो ।अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या भए दल विभाजन गर्न सकिने व्यवस्था भए अनुसार नेपाल पक्षले आजको केन्द्रिय कमिटि बैठकमा २६ सासद भएको दावी गरेको छ ।
Discussion about this post