काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोली मंगलबार स्थायी कमिटिको बैठक बोलाएको छ । भोलीको बैठकमा दोस्रो तहका नोतहरुका पनि सहभागिता हुने भएको छ ।संसद विघटन पछि माधव नेपालालाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु अब ओली समुह तिर देखिन थालेका छन्m ।
पार्टीका एकताको लागि भन्दै उपाध्यक्ष भीम रावल , गोकर्ण विष्ट लगायतका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।१० बुँदे प्रस्ताव कार्यान्वयन गराउन बालकोट पुगेका नेताहरुले दिएको जानकारी अनुसार ओली १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार रहेको बताइएको छ ।भोली ११ बजे बस्ने बैठकमा भीम रावल, रघुजी पन्त , गोकर्ण विषट लगातका नेताहरु सहभागी हुने बताइएको छ ।
Discussion about this post