काठमाडौं ५ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको सम्मेदवारीबाट आफु पछि नहट्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमा नेता सिंहले यस्तो खुलासा गरेका हुन् ।आफू सम्पूर्ण रूपले पार्टीको सभापति बन्न सक्षम रहेको दावी गरेका उनले सबैलाई मिलाउन सक्ने क्षमता आफुमा भएकाले आमजनताको दुःखमा मलमपट्टी लगाउन भए पनि आफु कांग्रेस सभापति आफु बन्नुपर्ने प्रतिक्रिया दिएका हुन् ।
‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभाप नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’ कार्यक्रममा उनले भने ।नेतृत्व गलत भए पछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने रहेछ भन्दै सिंहले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गरे सरह हुने टिप्पणी समेत गरेका छन् ।
Discussion about this post