हेटौंडा ५ भदौ । बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अहिलेको जुन गतिबाट राष्ट्र अघि बढ्दैछ त्यसले राम्रो संकेत नदिएको जानकारी दिएका छन् ।आज शनिबार पत्रकारहरुसँगको कुराकानीमा प्रसाईले आफुलाई प्रदेश प्रमुखमा सिफारिश गर्ने तत्कालिन प्रधानमन्त्री ओली र प्रदेश प्रमुखमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् ।
तत्कालिन प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्दा विरोध गरेकाले अहिलेको सरकारले जारी गरेको अध्यदेशको पनि विरोध गरी फिर्ता लिनुपर्ने उनको टिप्पणाी रहेको छ ।गठवन्धन सरकारको मन्त्रिपरिषद्को बैठकले प्रसाईलाई प्रदेश प्रमुखबाट मुक्त गरी यादव चन्द्र शर्मा बागमती प्रदेश प्रमुखमा नियुक्त गनै राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।सरकारेको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट शुक्रबार नै शर्माले पद तथा गोपनियताको सपथ लिएका थिए ।
Discussion about this post