काठमाडौँ १८ साउन । वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय वीर अस्पतालमा नियुक्त भएका गौतमलाई सोमबार थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पतालमा सरूवा गरिएको हो ।
‘वीर अस्पतालमा २ सय आइसियू बेड थप्दा नै मेरो सरूवा हुन्छ भन्ने मलाई थाहा थियो। किनकी काठमाडौंमा निजी मेडिकल चलाएर बसेकाहरू वीर अस्पताल राम्रो होस् भन्ने चाहँदैनन्,’ उनले भने।
आफुलाई अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले सरूवा गरेको आरोप लगाएका गौतमले आफुलाई अस्पतालकै अल्छी डाक्टर र कर्मचारीले मन नपराएको समेत बताएका छन् ।
हिजो आइतबार गौतमको विरोधमा वीर अस्पतालमा चिकित्सक तथा कर्मचारीले आन्दोलनमा उत्रिएका थिए ।
Discussion about this post