काठमाडौं १३ साउन । सबत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन तोकिएको समय मै हुने जिकिर गरेका छन् ।प्रधानमन्त्री समेत रहेका देउवाले आज आफ्नो निजि निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा यस्तो दावी गरेका हुन् ।
भदौ १६ गते तोकिएको मिति एक सर्दैन, दुई सर्दैन, तीन सर्दैन, भन्दै १६ गतेको कार्यतालिका प्रभावित नहुने गरी कार्यलातिका ल्याउन देउवाले निर्देशन दिएको बुझिएको छ ।महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस भित्रै महाधिवशेन नहुने होकि भनेर शंका उब्जिएपछि आज देउवाले यस्तो दावी गरेका हुन् ।
Discussion about this post