चर्चित लोकगायक राजु परियारलाई जेठी पत्निले छाडेर गएपछि भयो रुवाबसी, कान्छी पत्निले यसरी संहालेर राखेकी छिन् राजु र उनका जेठी पत्निबाट जन्मिएका सन्तानहरुलाई
नेप्से र कारोबार रकम दुबैमा पुनः नयाँ रेकर्ड, ३ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार साताको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा नेप्से सूचक र कारोबार रकम दुबैले पुनः नयाँ रेकर्ड बनाएको छ। आइतबार नेप्से परिसूचक ३८.३२ अंक बढेर २९८३.११ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्सेले गत साताको मंगलबार नयाँ अलटाइम हाइ बनाएको थियो। सो दिन नेप्से २९६०.१४ विन्दुमा बन्द भएको थियो। सोही रेकर्डलाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड बनाएको हो त्यसैगरी, यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन बजारमा २२० कम्पनीको १ लाख ८२ हजार ४३० पटकको कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर खरिदबिक्री भएको छ। यसभन्दा अघि बजारमा १७ अर्बबराबरको शेयर खरिदबिक्री भएको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स ११.५४ अंक बढेर ५३९.४१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.९२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१४ अंक बढेको छ। ३ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
Discussion about this post