दुई सातादेखि केपी ओली बालुवाटारमै सीमित, न कतै देखिए न कतै बोले – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

दुई सातादेखि केपी ओली बालुवाटारमै सीमित, न कतै देखिए न कतै बोले

11 months ago
A A
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –  चौतर्फी घेराबन्दीमा परेपछि कामचलाउ प्रधानमन्त्री केपी ओली बालुवाटारमै सीमित भएका छन् । दुई साताअघिसम्म ओली दिनदिनै पत्रकार सम्मेलन गर्थे । भाषण दिने गर्थे । अहिले त्यो क्रम रोकिएको छ । बालुवाटर निकट स्रोतका अनुसार ओलीको स्वास्थ्य अवस्था पनि सामान्य छ । पछिल्लो समय कुनै त्यस्तो समस्या देखिएको पनि छैन । तर, उनलाई बालुवाटारबाट बाहिर निस्कन मन लाग्न छाडेको निकटस्थहरू बताउँछन् । उनी दुई तीन दिनमा एकचोटि शीतल निवास पुग्नेबाहेक बाहिरफेर निस्कन छाडेका छन् ।

गत बिहीबार आठ मन्त्री थपेपछि उनी सिंहदरबार आएर प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक राखेका थिए । त्यसअघि एक सातासम्म उनी बालुवाटारमै बसे । सिंहरदबार नियमित नआएको दुई वर्ष बितिसकेको छ । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सामेल गरेपछि ओलीको पावरमा ह्रास आएको बताइन्छ । १७–१८ सांसद रहेको महन्थ पक्षलाई मालदारसहित १० मन्त्रालय सुम्पेपछि ओलीको बोली बाहिर आउन छाडेको हो । त्यसमाथि राजेन्द्र महतोले बहुल राष्ट्रको अवधारणा बारे मिडियामा बोलेपछि ओली निकै असन्तुष्ट रहेको बुझिएको छ ।

कानुनमन्त्री लीलानाथ श्रेष्ठले केही दिनअघि दिएको टेलिभिजन अन्तर्वार्तामा पनि प्रधानमन्त्री असन्तुष्ट रहेको तथ्य खोलेका थिए । त्यसैले उनी बाहिरफेर निस्कन, सार्वजनिक गतिविधिमा देखिन छाडेका हुन् । त्यसमाथि शनिबार पाँच पूर्वप्रधानमन्त्रीहरूले ओली सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै नेपालीलाई आफ्नो निर्णय गर्ने अधिकारमाथि हस्तक्षेप नगर्न र ओलीलाई सहयोग नगर्न अपिल जारी गरेपछि प्रधानमन्त्री ओली निकै तनावमा परेका छन् । यसअघि नै विपक्षी गठबन्धनले कामचलाउ सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न चेतावनी दिइसकेका थिए । त्यसैले ओली सरकारको वैधानिकता अब कागजमा मात्र सीमित भएको छ । व्यावहारिक रूपमा ओलीको कुनै महत्व छैन ।

Previous Post

कुर्सी धर्मराएपछि ओलीको समृद्ध नेपाल, सुखी नेपालको नारा गायब

Next Post

कोरोना महामारीमा सबिता माताले गरिन् दृष्टिविहीनहरुलाई खाद्यान्न सहयोग

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • पोखरेलको नियुक्ति विरोधमा प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM