स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाइँदै – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाइँदै

12 months ago
A A
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, २८ जेठः कोरोना सङ्क्रमितको उपचारमा संलग्न जिल्लाका स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाइने भएको छ । अन्य जिल्लामा कोरोनाका बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)को आजको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोनाका बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाउन जरुरी देखिएकाले निर्णय गरी सुरक्षा योजना बनाउन थालिने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित स्वास्थ्य तथा सुरक्षा निकायका प्रमुखको छलफलमा स्वास्थ्यकर्मी–सुरक्षा योजना बनाइनेछ ।

सुरक्षायोजनाअन्तर्गत फ्रन्टलाईनमा खट्ने सबै स्वास्थ्यकर्मीलाई पूर्व–साबधानीका उपायबारे जानकारी दिइनेछ । “फ्रन्टलाईनमा खट्ने स्वास्थ्यकर्मीको सुरक्षा पनि प्रमुख विषय रहेकाले सुरक्षा योजना बनाउन आवश्यक देखियो” उहाँले भन्नुभयो । यसैबीच आगामी केही महिनामा कोरोनाको सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ श्यया छुट्याउन लगाइने भएको छ । धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणका २०५ श्यया छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिनुभयो ।

साथै केन्द्रले कोरोनाका बिरामीको जीवन रक्षाको लागि साउदी अरबस्थित काभे्र सेवा समाजबाट प्राप्त १२ अक्सिजन कन्र्सटे«टर, दक्षिण कोरियास्थित काभ्रे सम्पर्क समितिबाट प्राप्त २६ थान अक्सिजन सिलिण्डरर २६ थान पिपिईसेट यहाँका स्थानीय तहमा सञ्चालित ११ स्वास्थ्य संस्थामा आवश्यकता अनुसार पठाइने निर्णयसमेत गरेको जनाएको छ । (रासस)

Previous Post

नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा देखियाे चमक

Next Post

श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदीमा फाल्ने श्रीमान पक्राउ,छ महिना अघिमात्र गरेका थिए बिहे

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM