चर्चित गायिका मेलिना राई दिनकै ४ ५ वटा गीत रेकर्ड गरेर कमाउँछिन् ५० देखि ८० हजार, गायिका अञ्जु पन्तलाई ओझेल पारिन् मेलिनाले, विबाह नगर्दै काठमाडौँमा नै ठडाइन् भब्य बंगला, यि ह्याण्डसमसँग विबाह गर्नें तयारी अगाडी बढाएको खोलीन् रहस्य, के मेलिना यि युवकसँग छिन् त प्रेममा ? खोलीन् सारा रहस्यको राज, हेर्नुहोस् भिडियो
साताको दोस्रो कारोबार दिन सोमबार बैंकिङ्ग उपसमूहमा करेक्सन आँउदा नेप्से सूचकमा पनि सामान्य गिरावट देखिएको छ। विगत केहि दिनदेखि बढ्न थालेको बैंकहरुको शेयरमूल्यमा सोमबार सामान्य करेक्सन देखिएको छ। यस दिन बैंकिङ्ग उपसमूहको सूचक १.६१ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक नकारात्मक छन भने ७ उपसमूहको सूचक सकारात्मक छन्। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ८.२७ प्रतिशत र विकास बैंक उपसमूहको सूचक ६.२७ प्रतिशतले बढेको छ।सोमबार नेप्से सूचक ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ०.३८ अंकले घटेर ५२०.६३ विन्दुमा झरेको छ। यस दिन कारोबार रकममा भने केही गिरावट देखिएको छ। आइतबार १७ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा सोमबार १६ अर्ब रुपैयाँभन्दा कमको शेयर कारोबार भएको छ।
१७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार : सोमबार कारोबारमा आएका कम्पनीहरुमध्ये १७ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकाँश फाइनान्स कम्पनी रहेका छन्।यस दिन पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आइसिएफसि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने कामना सेवा विकास बैंकको ९.९८ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ९.९७ प्रतिशत र गुडविल फाइनान्सको ९.९६ प्रतिशतले बढेको छ। यता उच्च रुपले शेयरमूल्य घट्ने कम्पनीहरुमा भने अधिकाँश बाणिज्य बैंकहरु रहेका छन्। यस दिन लक्ष्मी बेंकको शेयरमुल्य सबैभन्दा धेरै ३.५८ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको २.९० प्रतिशत,सनराइज बैंकको २.७१ प्रतिशत र कुमारी बैंकको २.६७ प्रतिशतले घटेको छ।
Discussion about this post