सिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिङ्गापुरद्वारा चासो व्यक्त – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

सिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिङ्गापुरद्वारा चासो व्यक्त

1 year ago
A A
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सिङ्गापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ सङ्क्रमणलाई भारतीय अधिकारीले सिङ्गापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार ट्वीट गरेर सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको र सो भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाई सेवा बन्द गर्नु पर्ने बताउनुभएको थियो ।

भारतीय उच्चायुक्तलाई सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार जानकारी गराएको छ । विदेश मन्त्री एस जयशंकरले सिंगापुरका सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको टिप्पणीलाई अनाधिकारिक बताउनुभएको छ । उहाँले सिंगापुरस्थित भारतीय उच्चायोगले यस बिषयमा केजरीवालसँग कोरोना भाइरसको भेरियन्ट वा नागरिक उड्डयन नीति सम्बन्धमा बोल्ने अधिकार नरहेको जानकारी सिंगापुर सरकारलाई बताएको छ ।

विदेश मन्त्री एस जयशंकरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्वीट रीट्वीट गर्दै लेख्नुभएको छ, “सिंगापुर र भारत कोभिड–१९ को लडाईँमा बलिया साझेदार हुन् ।

लजिस्टिक हब र अक्सिजन आपूर्तिका लागि सिंगापुरले निर्वाह गरेको भूमिकाको भारत प्रशंसा गर्दछ । हाम्रो सहयोगका लागि सिंगापुरले सैन्य विमान पठायो र यसले नै हाम्रो सम्बन्ध कति खास छ भन्ने स्पष्ट गर्छ ।”

यस्तो टिप्पणीले लामो समयदेखिको मित्रवत सम्बन्धमा असर पर्ने तर दिल्लीका मुख्यमन्त्रीको वक्तव्य भारतको भनाई नभएको विदेशमन्त्री जयशंकरले बताउनुभएको छ ।

Previous Post

चीनमा ४३ करोड ५० लाखले कोभिड–१९ विरुद्धको खोप लगाए

Next Post

स्पेनबाट स्वास्थ्य सामग्री बिहीबार ल्याइँदै

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0
  • गण्डकी प्रदेशको मन्त्रालयमा किचलो गर्ने को हो ? मन्त्री कुमार खड्काको खुलासा (भिडियो)

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM