‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम स्वीकृत – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम स्वीकृत

1 year ago
A A
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चार, दूरसञ्चार, हुलाकलगायत क्षेत्रमा विगतमा गर्न बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री गुरुङले ‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम स्वीकृत गर्नुभयो । उहाँले अघिल्लो पटक गत असोज २९ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उहाँले आज मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो पहिलो कार्यकाल विवादित नभएको जनाउँदै अब पनि प्रतिबद्ध भएर काम गरिने बताउनुभयो ।
मन्त्री गुरुङले नेपालमा कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले अघिल्लो कार्यकालमा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सबै विभाग, संगठनबाट भरपूर सहयोग पाएको बताउँदै भन्नुभयो, “सबैको सहयोगबाट हिजोको बाँकी काम पूरा गर्न लाग्नेछु ।”
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङले आठ÷नौ महिनाको कार्यकालमा धेरै सुधारको काम थालनी गर्नुभएको जानकारी दिनुभयो । कोभिडका कारण मन्त्रालय र त्यसअन्तर्गतका निकायमा कार्यरत कर्मचारी सङ्क्रमित भएको र कतिपय नियमित काम रोकिएको उहाँले बताउनुभयो । अहिले आमसञ्चार माध्यमले नागरिकलाई ससूचित गराउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकमा सचेतना बढाउन र स्वास्थ्य मापदण्डका बारेमा सजग बनाउन आमसञ्चारको भूमिका छ ।”

Previous Post

शव दाहसंस्कारमा संलग्न कर्मचारीलाई भत्तास्वरूप प्रतिशव एक हजार

Next Post

उपचारको व्यवस्था मिलाउन आयोगको आग्रह

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0
  • गण्डकी प्रदेशको मन्त्रालयमा किचलो गर्ने को हो ? मन्त्री कुमार खड्काको खुलासा (भिडियो)

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM