इन्भेष्टमेण्ट र हिमालयन बैंक बीच सम्झौता पत्रमा हस्ताक्षर, मर्जर पछि सबैभन्दा सबल र ठूलो बैंक हुने विश्वास – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

इन्भेष्टमेण्ट र हिमालयन बैंक बीच सम्झौता पत्रमा हस्ताक्षर, मर्जर पछि सबैभन्दा सबल र ठूलो बैंक हुने विश्वास

1 year ago
A A
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आज नेपाल इन्भेष्टमेण्ट बैंक लि। र हिमालयन बैंक लि. बीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि।को तर्फबाट अध्यक्ष श्री पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंक लि। को तर्फबाट अध्यक्ष श्री तुलसी प्रसाद गौतमज्यूले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गर्नु भयो ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि।तथा हिमालयन बैंक लि.दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि।” हुने र संचालक समितिको अध्यक्षको रुपमा श्री पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा श्री अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३र३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पू‘जी रु.१६.२६ अरब।तथा हिमालयन बैंक लि। को चुक्ता पू‘जी १०.६८ अरब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी २६.९४ अरब भै सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को जगेडा तथा कोष १४.१० अरब र हिमालयन बैंक लि. को ७.६७ अरब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १६०.९८ अरब र हिमालयन बैंक लि. को १२७.१४ अरब, र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १६८.२९ अरब र हिमालयन बैंक लि. को १४३.७० अरब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षज्यूहरुले जानकारी गराउनु भएको थियो । वहाँहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

Previous Post

फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने सम्भावना बढ्दो

Next Post

राति नै केपी ओली प्रधानमन्त्री नियुक्त हुँदै

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM