निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान

1 year ago
A A
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिण्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मार्फत् नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन आह्वान गर्नुभएको हो । यसमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महासङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत संङ्घलाई महासङ्घले विज्ञप्तिमार्फत् अपिल गरेको छ ।

देशभर हाल सञ्चालित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरको प्रयोग भएको छ । ती सिलिण्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने हुँदा सोही बमोजिम गर्न गराउन हुन महासङ्घले अनुरोध गरेको हो । गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासङ्घले सङ्घीय सरकार तथा प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा पनि महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पीडितको घाऊमा मल्हम लगाउने कार्य गरेको स्मरण पनि महासङ्घले गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को दोस्रोे लहरबाट देशभर सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको छ । यस खबरबाट महासङ्घ मर्माहत भई यस्तो निर्णय गरिएको महासचिव दाहालले बताउनुभयो

Previous Post

घरघरमै सङ्क्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मी

Next Post

तौलिहवा अस्पताललाई आर्थिक सहयोग

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • गठबन्धन टुटाउने प्रयास भयो,बचाउने प्रयास गर्‍यौं ,अहिले पनि भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • मेलिनालाई न’लिएर प्रमोदले ग’ल्ती गरेकै हुन् त ? खु’ल्यो र’हस्य

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM