थप ८,८५० सङ्क्रमित, ८८ निधन – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

थप ८,८५० सङ्क्रमित, ८८ निधन

1 year ago
A A
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा तीन लाख ९४ हजार ६६७ सङ्क्रमित रहेका छन् ।

देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका दुई हजार ३८ जना छन् । यस्तै सङ्क्रमित निको भई चार हजार २२ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख दुई हजार ७८७ निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ७६.७ प्रतिशत छ ।

८८ को निधन

यस्तै सङ्क्रमणबाट ८८ को निधन भएको छ । निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) को तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेको आधारमा आज निधन हुनेको सङ्ख्या ८८ पुगेको जानकारी दिनुभयो । निधन हुनेसँगै नेपालमा अहिलेसम्म तीन हजार ७२० पुगेको छ ।

यस्तै पाँच सय बढी सङ्क्रमण भएका जिल्ला २६ पुगेका छन् । प्रवक्ता डा गौतमका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत,कैलाली, कञ्चनपुर र वैतडी रहेका छन् ।

आइसियुमा ८३२ र भेन्टिलेरमा २६७

यसैगरी सङ्क्रमितमध्ये ८३२ सघन उपचार कक्ष ९आइसियु० र २६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सूदुरपश्चिम ३६ आइसियुमा रहेका छन् । यस्तै प्रदेश नंं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा १५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सूदुरपश्चिम ११ भेन्टिलेटर रहेका छन् ।

Previous Post

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

Next Post

निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न माग

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • २९ अर्ब बढी राजस्व सङ्कलन

    5 shares
    Share 0 Tweet 0
  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM