प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरिँदै – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरिँदै

1 year ago
A A
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

२४ वैशाख, काठमाडौँमुलुकभर अक्सिजन सिलिण्डरको अभावमा विरामीको उपचार प्रभावित भइरहेको समाचार सार्वजनिक हुँदै गर्दा प्रहरीले स्थानीय सरोकारवाला सङ्घ संस्थाको समन्वयमा प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पतालमा पु¥याउन थालेको छ ।

केही अघि मात्रै अक्सिजन उद्योगको निगरानीको जिम्मा पाएको नेपाल प्रहरीले दुरुपयोग हुन नदिन र प्रयोगविहीन सिलिण्डरको खोजी गरी अस्पतालमा पु¥याउन थालेको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । सोही क्रममा ललितपुर जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन १५९ अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा सङ्कलन गरिएको छ ।

उक्त सिलिण्डरमध्ये जिल्लाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान सिलिण्डर उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सोही क्रममा ललितपुर प्रशासन प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विभागले अक्सिजन प्लान्टको अनुगमनसमेत थालेको जनाइएको छ । स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तीव्रता ल्याउनुका साथै आमनागरिकमा यससम्बन्धी जानकारी भएमा नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ । मुुलुकका अन्य जिल्लामा पनि अक्सिजन सिलिण्डरको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

अक्सिजन उत्पादक सङ्घले नेपालमा अक्सिजनको अभाव नभएको तर सीमित रहेकाले सिलिण्डरको अभाव भएको जनाउँदै आएको छ । अहिले मानिसहरुले घरमै सिलिण्डर ‘स्टक’ राख्दा समस्या भएको सङ्घले जनाएको छ ।

सिलिण्डरको अभाव पूर्ति गर्न सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । पछिल्लो समयमा अक्सिजनको अभावमा मानिसको मृत्यु भएको घटनासमेत सार्वजनिक भइरहेको छ ।

Previous Post

बूढानीलकण्ठमा आइसोलेशन

Next Post

सगरमाथा आरोहण शुरूः कामीरिताको २५ औँ विश्व कीर्तिमान

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0
  • गण्डकी प्रदेशको मन्त्रालयमा किचलो गर्ने को हो ? मन्त्री कुमार खड्काको खुलासा (भिडियो)

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM