गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गरेको राष्ट्रसंघ खुलासा – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गरेको राष्ट्रसंघ खुलासा

1 year ago
A A
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

२३ वैशाख, ठमाडौँ । संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गर्नु परेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ ।

उक्त प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ मुलुकलाई केन्द्रित गरेको राष्ट्रसंघको भनाई छ । प्रतिवेदनले गत वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाई खासगरी दिर्घकालीक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भएको औंल्याएको छ ।

सन् २०१९ मा करिब २ करोड मानिसले खाद्य सङ्कट व्यहोर्नु परे पनि सन् २०२१ मा झण्डै १६ करोड मानिसले सङ्कट, आपतकाल वा भोकमरिको सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार, भयानक सङ्कटबाट गुज्रिरहेका विश्वका १० वटा मुलुकका झण्डै दुई तिहाई जनताले चरम खाद्य सङ्कट झेलेका छन् जसमा कङ्गो, यमन, अफगानिस्तान, सिरिया, सुडान, उत्तरी नाइजेरिया, इथियोपिया, साउथ सुडान, जिम्बाबे र हैटी रहेका छन् । बुर्किना फासो, साउथ सुडान र यमनका करिब एक लाख ३३ हजार मानिसले भोकमरिबाट अतिशय पीडामा छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ३०७ पृष्ठको “ग्लोबल रिपोर्ट अन फूड क्राइसिस” अर्थात विश्वको खाद्य सङ्कट प्रतिवेदनको भूमिका लेख्दै भन्नुभएको छ, “चरम खाद्य असुरक्षा सामना गरिरहेका र खाद्यान्न, पोषण र जीविकोपार्जनको अति जरुरी परेका मानिसको संख्या बढ्दो क्रममा छ ।”

उहाँले भन्नुभएको छ, “अकाल र भोकमरिको एक्काइसौं शताब्दीमा कुनै स्थान छैन । हामीले भोक र द्वन्द्व दुबैलाई एकैसाथ समाधान गर्नुको विकल्प छैन ।”

विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसैनले पाँचौं वार्षिक प्रतिवेदन सार्वजनिक गर्नेक्रममा आयोजित पत्रकार सम्मेलनमा खाद्य सङ्कट निम्तिनुमा प्रमुख रुपमा द्वन्द्व नै जिम्मेवार रहेको बताउनुभयो । उहाँले गत वर्ष विश्वका २३ राष्ट्रका झण्डै १० करोड मानिसले खाद्य सङ्कट व्यहोरेको जानकारी दिनुभयो ।

“हामीले द्वन्द्वको राजनीतिक समाधान नखोज्दासम्म मानवीय सहायता चाहिने मानिसको संख्यामा कुनै कमी आउने देखिन्न,” उहाँले भन्नुभयो ।

Previous Post

थप ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

Next Post

एक महिलाले नौ जना शिशुलाई जन्म दिइन्

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • तिजको गति ‘शितलु’ लिएर आए शितल शर्मा र प्रकाश पराजुली

    0 shares
    Share 0 Tweet 0
  • भारतबाट ‘कोभिशिल्ड’ खोप १० लाख डोज नेपाल आइपुगयाे

    523 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • अवैध लागूऔषध सहित पक्राउ

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM