वाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

वाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

1 year ago
A A
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाइएको छ ।

हवाई यात्रुले वैधानिक हवाई टिकट÷पासपोर्ट÷भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्नेछन् । यसका लागि सवारी साधनको सुविधा आवश्यक भएमा प्रिपेड ट्याक्सी बोलाउन सकिने छ । विमानस्थल कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । उक्त प्रयोजनका निम्ति सम्बन्धित ट्याक्सीको फोन नम्बरसमेत विमानस्थल कार्यालयले सार्वजनिक गरेको छ । यो सुविधा दुवैतर्फका यात्रुले पाउने छन् ।

कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारले आजदेखि राजधानी काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । यसक्रममा मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन गर्ने निर्णय गरिएको छ ।

विमानस्थलको निर्णयबाट यात्रु तथा एयरलाइन्सलाई निकै राहत भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयर र यती एयरका अधिकारीले निषेधाज्ञाको पहिलो दिन यात्रु विमानस्थलसम्म लैजान सहजीकरण भएको बताए । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला र बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विमानस्थलसम्म यात्रु आवतजावत गर्न पहिलो दिन खासै समस्या नभएको जानकारी दिए । आज दिनभर आन्तरिक तथा अन्तरराष्ट्रिय उडान भए । विमानस्थल कार्यालयको विवरणमा बुधबार आन्तरिकतर्फ सर्वाधिक १५ हजार २६३ यात्रु आवतजावत गरेका छन् । त्यसअघि मङ्गलबार १२ हजार २५१ यात्रुले सेवा लिएका थिए । विगत दुई दिनको तुलनामा आज उडान सङ्ख्या करिब आधा मात्रै हुने विमानस्थलले तालिका निर्धारण गरेको छ । सरकारी निर्णयअनुरुप हवाई सेवा प्रदायक कम्पनीले निषेधाज्ञाका बीच आन्तरिक उडान सञ्चालन गरिरहेका छन् । अन्तरराष्ट्रियतर्फ पनि नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Previous Post

ब्राजिलले सुरु गर्यो कोरोनाविरुद्धको खोप बनाउन

Next Post

रुकूम पूर्वमा परीक्षा सञ्चालन

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM