काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा २०८ दशमलव ८३ प्रतिशतले बढाएको छ। यस त्रैमाससम्ममा संस्थाले १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा संस्थाको ४ करोड ९६ लाख ५२ हजार रुपैयाँमा नाफा कमाएको थियो ।
चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म संस्थाको सञ्चालन नाफा २४ करोड ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ । अघिल्लो बर्षको तुलनामा संस्थाको संचालन मुनाफा २०८ दशमलव ८३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिसम्म संस्थाले ७ करोड ८८ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा संस्थाले २५ करोड ६२ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६४ पैसा रहेको छ ।
Discussion about this post