काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २०.०७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वषको तुलनामा २०.०७ प्रतिशतले बढी हो ।
एनआईसी एशिया बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १९.२३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी भने ३०.९४ प्रतिशतले आरालो लागेको छ । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २१.९७ प्रतिशतले उकालो लागेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको यस्तो आम्दानी १९ पैसा बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको हो । त्यस्तै बैंकको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ ।चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
Discussion about this post