काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ६६४ जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट दुई हजार ४४९ र एन्टिजेन विधिबाट १ सय १० जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपत्यकामा मात्र ९ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७ सय ६०, ललितपुरमा १ सय ६ र भक्तपुरमा ७४ जना रहेका छन् ।
Discussion about this post