कोका–कोला अब २५ रुपैयाँमै – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

कोका–कोला अब २५ रुपैयाँमै

1 year ago
A A
0
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कोका–कोलाले नेपाली बजारमा कोका कोलाको नयाँ ग्लास बोतल २५ रुपैयाँमा उपलब्ध गराएको छ । आज कोका–कोलाले १७५ मिलिलिटर ग्लासको नेपाली भाषामा लेखिएको नयाँ लागो सहितको बोतल नेपालमा ल्याएको हो ।
कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी–रिटर्नेबल ग्लास बोतल नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरु चाहाना अनुरुप कोकाकोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउने क्रममा कोका–कोलाले यो सानो बोटल बजारमा उपलब्ध गराएको हो ।
आरजीबी बोतलहरु रियुजेबल बोतलहरु हुन् र यिनीहरुले वातावरण मैत्री हुन। साथै गिलास प्याकेजिंगले गर्दा कोका–कोलाको स्वाद सधै ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला,स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ र यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध छन्।
नयाँ बोतलको लन्चको व्रmममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, “सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौँ। नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्येश्य मात्र नभइकन दिगो प्याकेजिंग प्रदान गर्नु पनि कम्पनी को मिसन रहेको छ । हामी आशा गर्दछौँ कि उपभोक्ताहरुले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिने छन् ।”
बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदिप पाण्डेले भने , “किफायतीे मूल्य बाहेक हामी हाम्रा उपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौँ । र यो नेपाली उपभोक्ताहरुको लागि निकै विशेष रहेने छ किनकि यसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ । २५ रुपैँयामा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौँ भरका किराना पसलहरुमा उपलब्ध रहेको छ र हामी हाम्रा उपभोक्ताहरुलाई यसलाई सेवन गर्नु होस् भन्न चाहन्छौँ।
नयाँ उत्पादनको सुरुवात कोका–कोलाका चलिरहेको अपलिट क्याम्पेनको हिस्सा हो जुन “दिउँसै झप झप, कोकले अप” ट्यागलाइनको साथ आउँछ जसले युवा उपभोक्ताहरुलाई दिउँसो ब्रेकको दौरानमा कोक पीएर उर्जा प्रदान गर्न र अपलिफ्टेड हुन प्रेरित गर्दछ।

Previous Post

सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई मेगाको निःशुल्क क्यूआर कोड, खरिदकर्तालाई ५ सय सम्म छुट

Next Post

अवैधानिक बैठकका निर्णय फिर्ता लिन ओलीलाई गौतमको आग्रह

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • तिजको गति ‘शितलु’ लिएर आए शितल शर्मा र प्रकाश पराजुली

    0 shares
    Share 0 Tweet 0
  • भारतबाट ‘कोभिशिल्ड’ खोप १० लाख डोज नेपाल आइपुगयाे

    523 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • अवैध लागूऔषध सहित पक्राउ

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM