कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको अपिल – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको अपिल

1 year ago
A A
0
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनको लागि अपिल गरेको छ ।
आज माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गनुभयको हो ।
प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्वद्ध माननीय सदस्यज्यूहरुमा हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
नेकपा एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने समेत प्रमुख सचेतक नेपालीको दाबी छ । ‘केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ,’ उनले विज्ञप्तिमा भनेकी छन् ।
३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।
कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार दिउँसो २ बजे बोलाइएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका तय भएको हो ।

Previous Post

नेपाललाई अब खाद्यबालीमा आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छः प्रधानमन्त्री ओलि

Next Post

एम्बुलेन्स दुर्घटना हुँदाचालकको मृत्यु

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0
  • गण्डकी प्रदेशको मन्त्रालयमा किचलो गर्ने को हो ? मन्त्री कुमार खड्काको खुलासा (भिडियो)

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM