काठमाडौँ । सर्लाही, बागमती नगरपालिका–८ गाँजली चोकस्थित सडकमा विआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ज.१ त १५७४ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु मोटरसाइकल चालक बरहथवा नगरपालिका–१५ पिपराभित्ता बस्ने ४५ वर्षीय भिखारी सहनी र मोटरसाइकलमा सवार रौतहट परोहा नगरपालिका–९ बस्ने ४० वर्षीय प्रकाश सहनी रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल मंलगवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका–३ कालापानी जगलस्थित सडकमा ना.१ क.८४५० नम्बरको ट्रक र बा.२ ब ९३३८ नम्बरको मोटरसाइकल मंगलबार साँझ एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका(३ बैरबन बस्ने २७ वर्षीय नरेन्द्र दुलालको मृत्यु भएको छ । दुर्घटना परी गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा परी घाइते भएका सोही मोटरसाइकलमा सवार मोरङ सुनदरहरैचा नगरपालिका–९ बस्ने ३४ वर्षीय केदार प्रसाद बास्तोलाको जनसेवा अस्पताल बर्दिबास हुदैं थप उपचारको लागि धरानतर्फ रिफर गरिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, बाणगंगा नगरपालिका–८ चपरगाँउस्थित सडकमा ना.४ ख ६२१७ नम्बरको ट्रकले लु.५९ प ६४४१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभुमी नगरपालिका–४ बस्ने ३५ बर्षीय नन्द राम पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल जितपुर कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित सडकमा बा.४ ख ५१०१ नम्बर गाडीको ठक्करबार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा प्रदेश १–०२–००१ ख ८५३० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया मैया श्रेष्ठको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, इच्छाकामना गाउँपालिका–३ पानिधारास्थित सडकमा लु.२ ख ५११३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १ सय ५० मिटर तल त्रिशुली नदी किनारमा खसेर बुधबार बिहान दुर्घटना हुँदा ट्रक चालक रुपन्देही देवदह नगरपालिका–५ बस्ने ३४ वर्षीय अग्निधर पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रकका सहचालक नवलपरासी कावासोती घर भएका २० वर्षीय आइतमान थनेतलाई उपचारको लागि स्थानिय अस्पतालतर्फ लगिएको छ ।
Discussion about this post