काठमाडौँ । भोजपुर, अरूण गाउँपालिका–५ रानीचोक बस्ने ५३ वर्षीया देवी माया भुजेल सोमबार मृत अवस्थामा फेला परेकी छिन् । आइतबार सोही गाउँपालिका–६ मगरछापस्थित आफ्नै छोरी विमला भुजेलको घरमा गएकी उनी सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन् । सुनसरी, बराहक्षेत्र नगरपालिका–४ पिडारीस्थित चौरीमा रामधुनि नगरपालिका–३ पिप्राही बस्ने ६५ वर्षीय मकैया ऋषिदेव सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका–११ सिपुर बस्ने ३६ वर्षीय बसन्त बहादुर खत्री घरबाट करिब ३ सय मिटर टाढा खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा, लक्ष्मिपुरपतारी गाउँपालिका–२ पखरभिन्डा स्थित कटनिया खोलामा सोही ठाउँ बस्ने १६ वर्षीय गजेन्द्र कुमार यादव आइतबार मृत अवस्थामा फेला परेका छन् ।
Discussion about this post