आगलागीमा परी मृत्यु तथा धनमाल जलेर नष्ट – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

आगलागीमा परी मृत्यु तथा धनमाल जलेर नष्ट

1 year ago
A A
0
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गुल्मी, धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीस्थित बलेसल्ला सामुदायिक वनमा शुक्रबार दिउँसो आगलागी हुँदा आगलागीमा जलेर सोही ठाउँ बस्ने शंकर परियारकी छोरी ९ वर्षीया संगिता परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको खोलामा नुहाई घर फर्कने क्रममा उक्त आगलागीमा जलेर उनको मृत्यु भएको बताइएको छ ।
दैलेख, गुराँस गाउँपालिका-७ छौउडेकाँडास्थित सार्वजनिक जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ढोज बहादुर खड्काको २ वटा घरमा समेत शुक्रबार दिउँसो आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनकुटा, धनकुटा नगरपालिका–८ टिकावा साकिला सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँ डाँडा टोल बस्ने जनकसिंह राईको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दाङ, बंगलाचुली गाउँपालिका–३ दाङबाङ बस्ने खोपीराम डाँगीको परालमा शुक्रबार दिउँसो आगलागी भई बस्तीमा फैलिएर खोपीरामको ३ वटा घर तथा २ वटा गोठ पूर्ण रूपमा र टेकी डाँगीको घर आंशिक रूपमा जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, मिक्लाजुङ गाउँपालिका–७ नयाँ प्रगतिटोल बस्ने नन्द बहादुर पौडेलको भान्छा घरमा गएराति आगलागी हुँदा भान्छा घर र गोठ समेत पूर्ण रूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका–३२ चोर्नीस्थित ना.३ त ५०२९ नम्बरको ट्याक्टर स्टार्ट गर्ने क्रममा आगोको झिल्का गहुँमा झर्न गई सोही ठाउँ बस्ने सुरेश पासवानको समेत ३ जनाको गहुँबालीमा शुक्रबार दिउँसो आगलागी हुँदा गहुँबाली पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।
स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Previous Post

डुबेर मृत्यु

Next Post

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन र्फिता लिने

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

    0 shares
    Share 0 Tweet 0
  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM