काठमाडौँ । लमजुङ, मध्यनेपाल नगरपालिका–४ रम्घा बस्ने अमृत सुनारको छोरा १२ वर्षीय आशिष सुनारको शुक्रबार दिउँसो डुबेर मृत्यु भएको छ । सोही नगरपालिका–६ स्थित मिडिम खोलामा पौडी खेल्ने क्रममा डुबेर असक्त भएका उनको उपचारको क्रममा मध्यनेपाल पोलिक्लिनिकमा मृत्यु भएको हो ।
सिरहा, कर्जन्हा नगरपालिका–२ बल्टिया बस्ने रोहन सदाकी छोरी २ वर्षीया बर्षा सदा आफ्नै घरमा खेल्ने क्रममा भाडामा राखेको पानीमा डुबेर शुक्रबार मृत्यु भएको छ । डुबेर असक्त भएकी उनको स्थानीय पोलिक्लिनिक हुँदै थप उपचारको लागि फूल कुमारी अस्पताल कर्जन्हा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सप्तरी, खडक नगरपालिका–५ चापिन खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने मनोज रामकी छोरी ७ वर्षीय दिपिका कुमारी रामको शुक्रबार मृत्यु भएको छ । डुबेर असक्त भएकी उनको उपचारको लागि खरचुईयास्थित बोला क्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post