काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको गिरावट आएको हो । हिजो सोमबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार छापावाल सुनको भाउ मंगलबार भने ५०० रुपैयाँ घटेर ८६ हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनको मूल्य आज प्रतितोला ८५ हजार ५५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार यसअघि प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार २१५ रुपैयाँ रहेको छ ।
Discussion about this post