रातो हाब्रे तस्करीःसोलुखुम्बुबाट थप दुई पक्राउ – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

रातो हाब्रे तस्करीःसोलुखुम्बुबाट थप दुई पक्राउ

1 year ago
A A
0
SHARES
254
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । गत आइतबार महाकुलुङबाट सातवटा रातो हाब्रेको छाला र पाँचवटा पासोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको शिकारमा संलग्न भएको आशङ्कामा पक्राउ परेकाहरुकै बयानका आधारमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ बाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीयवासी २७ वर्षीय दिलकुमार राईलाई शनिबार जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शिकार खेल्न गएको भन्ने सूचनाका आधारमा वाकु प्रहरी चौकीका प्रहरी हबल्दार मनोजकुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।
उनको साथबाट प्रहरीले बन्दुकमा प्रयोग हुने २६ थान सलाई, १०० ग्राम बारुद, १५० ग्राम फलामको किटलगायतका सामग्री बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा भाग्न खोज्दा उनको दाहिने हातमा चोट लागेको छ । राईलाई उपचारका लागि आइतबार मिसन अस्पताल ओखलढुङ्गा पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

Previous Post

ठेहेगाउँमा भेटिएका दुई बम सेनाद्वारा निष्क्रिय

Next Post

पाँचखालमा ‘जियोफिजिकल सर्भे’, पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0
  • पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

    4 shares
    Share 0 Tweet 0
  • नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM