शिवपुरी राष्ट्रिय निकुञ्जमा भारतीय दूतावासको महिला पदयात्रा – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

शिवपुरी राष्ट्रिय निकुञ्जमा भारतीय दूतावासको महिला पदयात्रा

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो पैदल यात्रा आयोजन

1 year ago
A A
64
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासले शनिवार शिवपुरी राष्ट्रिय निकुञ्जमा महिला पदयात्राको आयोजना गरेको छ ।

‘महिला तथा बालबालिका बेचबिखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

भारतको ७५ औं स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत पैदल यात्राको आयोजना गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकी पत्नी पुजा क्वात्रा कार्यक्रमको विशेष अतिथिका रूपमा थिइन् । पैदल यात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाको समेत उपस्थिति रहेको थियो ।

पद्मश्री अवार्डबाट सम्मानित अनुराधा कोइरालाले स्थापना गरेको गैरसरकारी संस्था माइती नेपालसँगको सहकार्यमा दूतावासले कार्यक्रमको आयोेजना गरेको हो । बेचबिखनमा परेका पीडित महिलाको उद्घार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुर्‍याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रूपमा परिचित छ ।

क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थी वा आफन्तका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरिन् र

‘आजादीका अमृत महोत्सव’ भारत सरकारले अघि सरेको पहल हो । सो महोत्सवमार्फत प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासलाई स्मरण गर्दै यसलाई उत्सवका रूपमा मनाइने छ ।

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औं वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्त्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ ।

महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्त २०२३ सम्म ७५ हप्तासम्म जारी रहने छ । महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।

Previous Post

रहरले हैन,अदालतले घोक्र्यार ओलीकै पार्टीमा आउन बाध्य भएको हुँः माधव नेपाल

Next Post

सन्जिव झा को प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM