‘प्रति असर’को डरले हात्तीपाइलेको औषधि खाँदैनन् – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

‘प्रति असर’को डरले हात्तीपाइलेको औषधि खाँदैनन्

1 year ago
A A
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लगातार छ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२ औँ पटक अभियान सञ्चालन गर्न थालिएको छ । बागलुङमा यही चैत २० गतेदेखि १२ औँ चरणको हात्तीपाइले रोग विरुद्धको अभियान शुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने बताउँदै यसअघि ११ औँ पटकसम्म अभियान चलाए पनि हात्तीपाइले निवारण नभएपछि अहिले १२ औँ चरणको अभियान शुरु गर्न लागिएको बताईन् ।
बाह्रौँ चरणको अभियान शुरु गर्नुभन्दा पहिले हात्तीपाइले प्रभावित क्षेत्र नारायणस्थान र कुस्मिशेरामा चौथो पटकको नमूना सङ्कलन गरिएको थियो । नमूना सङ्कलन गर्दा नारायणस्थानमा आठ र कुश्मिसेरामा दुई जनामा हात्तीपाइले पोजेटिभ देखिएपछि पुनः दुई वर्षका लागि अभियान थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए ।
“हात्तीपाइलेको निवारण अभियान प्रभावकारी भएन भन्ने कुरा यसबाट बुझ्न सकिन्छ, नागरिकस्तरबाटै जागरुक नभए सम्म बागलुङमा यस्तो अभियान चलाइराख्नु पर्ने देखियो”, गुरौँले भन्नुभयो “हात्तीपाइले अभियान दोहोर्याउनु पर्नेमा मुख्य कारण औषधिको प्रति असरको डर देखिन्छ, ५९ प्रतिशत नागरिकमा यस्तो समस्या सर्वेक्षणका क्रममा पाइयो, अब यो भ्रमलाई सबै मिलेर चिर्न आवश्यक छ ।” गुरौँका अनुसार औषधि अनिवार्य नभएको तथा चेतनाको अभावमा हात्तीपाइलेको औषधि नखाने प्रचलन अझै कायम छ ।
बुधबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक शर्माले सन् २०२२ सालभित्र नेपालमा हात्तीपाइले निवारण गर्ने भनिए पनि बागलुङ जस्ता निवारण नभएका १२ जिल्लाका कारण यो अभियान बढाएर २०२८ सम्म पुर्याइएको बताउनुभयो । हात्तीपाइले निवारण नहुनुका कारण अध्ययन गर्ने क्रममा गत वर्ष औषधि सेवन नगर्ने मध्ये ५९.८ प्रतिशतले प्रतिअसरको डरले औषधि नखाएको तथ्याङक सङ्कलन गरिएको शर्माको भनाइ छ । सन् २०१० बाट शुरु भएको हात्तीपाइले निवारण अभियानमा शुरुको वर्ष ८० प्रतिशतले औषधि सेवन गरेका थिए तर पछिल्लो अभियानमा यो घट्दै गएको र २०२० मा पुनः ८७.५ प्रतिशतले औषधि सेवन गरेको जनाइएको छ ।
औषधि सेवन नगर्ने सङ्ख्यालाई १०० प्रतिशत मान्दा ५९.८ प्रतिशतले प्रति असरको डरले औषधि नखाएको, १९.६ ले आवश्यक नभएको भन्दै नआएको, ७.६ प्रतिशतले औषधि खुवाउन नआएको वा थाहा नपाएको, ११ प्रतिशतले चेतना नभएर र २.१ ले धेरै औषधि भएको कारण देखाउँदै औषधि नखाएको बताएका थिए ।
यसरी गरिन्छ हात्तीपाइले निवारण

पाँच वर्ष लगातार हात्तीपाइलेको औषधि खुवाइसकेपछि नमूना परीक्षण हुन्छ, उक्त नमूना परीक्षणमा जम्मा नमूना सङ्ख्याको दुई प्रतिशतभन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ । नत्र दुई वर्ष पुनः अभियान चलाउनुपर्ने हुन्छ । बागलुङमा भने तीन पटकसम्म नमूना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको पाइएका कारण चौथो पटकको नमूना सङ्कलन गर्दा समेत १० जनामा पोजेटिभ भेटिएको थियो ।
जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पटक–पटक हात्तीपाइलेको जीवाणु भेटिँदा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण एक प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १२ औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।
हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको र जबसम्म निवारण हुँदैन तबसम्म सबैले औषधि खानुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौँले बताए ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बँच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । बागलुङमा दुई लाख ६४ हजार ८३६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानमा दुई वर्षमुनिका बच्चा र गर्भवतीलाई औषधि खुवाइने छैन ।

Previous Post

थुनेर राखेको बाघ भागेपछि उच्च सतर्कता

Next Post

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM