काँग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छः वरिष्ठ नेता रामचन्द्र पौडेल – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

काँग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छः वरिष्ठ नेता रामचन्द्र पौडेल

1 year ago
A A
109
SHARES
2.5k
VIEWS
Share on FacebookShare on Twitter

चितवन, फागुन २० गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, “काँग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा काँग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।”
प्रधानमन्त्री बन्न काँग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै उहाँले प्रधानमन्त्री हुनबाट उहाँलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? काँग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन ।”
पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उहाँले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छाैँ ।” एक प्रश्नका जवाफमा अहिलेको ‘भद्रगोल राजनीति’ काँग्रेसले सम्हाल्नुपर्ने बताउँदै उहाँले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्ने बताउनुभयो ।
उहाँले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताउनुभयो । आफू बाँचुञ्जेल क्रियाशील भूमिकामा रहने पौडेलको भनाइ थियो ।(रासस)

Previous Post

भारतीय राजदूतावासले थप तीन वटा सांस्कृतिक सम्पदा परियोजनाको लागि नेरु २४.६ करोड सहयोग गर्नेः कार्य हस्तान्तरण

Next Post

हवाई कारबाहीमा २३ तालिबान लडाकू मारिए

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM