11 C
Nepal
Thursday, November 26, 2020

भारतमा बिहे गरेकी जनकपुरकी ‘सीता’ बिहार चुनावमा उम्मेदवार

काठमाडाैं । छिमेकी मुलुक भारतको बिहार राज्यमा विधानसभा निर्वाचन दुई दिनपछि सुरु हुँदैछ।

कुल २४३ सीटमध्ये पहिलो चरणअन्तर्गत ७१ सीटको लागि विहिबार मतदान हुनेछ।

चुनाव बिहार विधानसभाको लागि भइरहे पनि यसको असर नेपालमा समेत पर्ने गरेको छ।

खास गरेर प्रदेश २का ८ जिल्ला र प्रदेश १को मोरङ र सुनसरी भारतको बिहारसँग जोडिएका छन्।

बिहारको चुनाव तथा त्यहाँको राजनीतिले नेपाललाई पनि प्रभाव पारिरहेको हुन्छ।

फरक देश भएपनि राजनीतिक समानता र सामाजिक सम्बन्धका कारण बिहारको चुनाव नेपालीका लागि चासोको विषय बन्ने गरेको छ।

नेपाल र बिहारका कतिपय नागरिकबीच सामाजिक सम्बन्ध कायम छ। दुईतिर बैवाहिक सम्बन्धहरु पनि छन्।

कतिपय नेपालीको बिहारमा बिहेबारी भएको छ भने नेपालमा विहे गर्ने बिहारका नागरिक पर्याप्त छन्।

सम्भवतः यसै कारण दुई देशबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको समेत भन्ने गरिन्छ। एक देशबाट अर्को देशमा आवत–जावत गर्न

पासपोर्ट र भिसा जरुरी नरहेकोले पनि दुई मुलुकबीच खास सम्बन्ध मानिन्छ।

बिहारमा दुई दिनपछि हुन लागेको निर्वाचनलाई नेपालीहरुले नजिकबाट नियालिरहेका छन्।

खास गरेर दुईतर्फका व्यापारी वर्ग। बिहारको राजनीतिले नेपालसँगको व्यापारिक सम्बन्धलाई प्रत्यक्ष प्रभाव गर्ने भएकोले व्यापारी वर्ग त्यहाँको चुनावप्रति विशेष रूची राख्ने गर्दछन्।

त्यसतर्फ रहेका आफन्तलाई आफूले रुचाएको दल वा उम्मेवदारलाई सहयोग गर्न निरन्तर सम्पर्क बनिरहेको हुन्छ। यहाँसम्म कि कतिपय नेपालीका आफन्त नै त्यहाँको निर्वाचनमा उम्मेदवार भएका हुन्छन्।

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहकी आफ्नै बहिनी सीता साह पश्चिमी चम्पारण जिल्लाको बगहा विधानसभा क्षेत्रबाट निर्वाचनमा होमिएकी छिन्।

जनकपुर जन्मघर भएकी सीताको बिहारको पश्चिम चम्पारणमा बिहे भएर उतै बस्दै आइरहेकी छिन्।

‘प्लुरल्स’ पार्टीले सीतालाई उम्मेवार बनाएको छ। उनकाे चुनाव चिन्ह चेस बाेर्ड हाे।

कतिपय आफन्तहरू नै उम्मेवार भइदिने भएकोले बिहार चुनावमा नेपालीहरूको विशेष रूची हुने गरेको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष साह बताउँछन्।

‘बिहार चुनावले व्यापारिक हिसाबले प्रभाव त पारेकै हुन्छ, यसबाहेक नातागोताका उम्मेवार भइदिएपछि झनै रूची बढाइदिन्छ,’ साहले भने।

व्यापारिक कारोबार सोझै केन्द्र सरकारसँग सरोकार राख्ने भएकोले बिहारमा बन्ने सरकारले खासै प्रभाव नपारेपनि राजनीतिक हिसाबले चासो बढाउने गरेको उनको भनाइ छ।

‘अधिकांश व्यापारिक कारोबार दुई देशबीचको सरकारसँग भएको सम्झौता अनुसार नै चलेको हुन्छ, तर, सीमा क्षेत्रमा बिहारबाटै व्यापार भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा बिहार सरकारको नीति निर्माणले नेपालीलाई व्यवसायिक लाभ वा हानी गर्न सक्ने सम्भावना बनिरहेको हुन्छ। यही कारण बिहारमा कसको सरकार बन्ने नेपालीहरुलाई चासोको विषय बनेको हुन्छ।’

बिहारमा अहिले १५ वर्षदेखि लगातार सत्ता सञ्चालन गर्दै आइरहेका जनता दल यूनाइटेड जेडीयू र प्रतिपक्षी राष्ट्रिय जनता दल राजदबीच शीर्ष प्रतिस्पर्धा देखिएको छ।

जेडीयू–बीजेपी गठबन्धनमा चुनाव लडिरहेका नितिश कुमार पछिल्लो १५ वर्षदेखि बिहारमा मुख्यमन्त्री बन्दै आइरहेका छन्, भने पूर्वमुख्यमन्त्री लालु यादवका छोरा अध्यक्ष रहेको राजदले कांग्रेस तथा वामपन्थी दलसँग गठबन्धन गरेका छन्।

यो खबर धैर्यकान्त दत्तले आयाेमेलमा लेखेका हुन् ।

पढनै पर्नी

कुलेश्वरमा विभिन्न बैंकको ११ थान चेकबुक र रकमसहित सात जुवाडेलाई पक्राउ

काठमाडौँ, मङ्सिर २ गते । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित...

ग्लोबल टाइम्सले लगाएको आरोपप्रति कांग्रेस केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण

काठमाडौं । पछिल्लो सयम चीनको मुख पत्र ग्लोबल टाइम्स पत्रिका र नेपाल स्थित रहेको चिनियाँ दूतावासले नेपाली काँग्रेसलाई बदनाम गर्ने कोशिस गरिहेको छ। जसको...

बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी : काठमाडौँ महानगरपालिका

काठमाडौँ, कात्तिक २८ गते । काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी गरेको छ । पारिश्रमिक कार्यविधि, २०७७ जारी भएसँगै महानगरले कोभिड–१९ का कारण बेरोजगार...

धन्वन्तरी जयन्ती र आरोग्य दिवस आज देशभरमा मनाउदै

काठमाडौँ, कात्तिक २८ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हेर्नु पर्ने

- Advertisement -

ताजा समाचार

भारतमा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप...

ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनी कालोसुचीमा

काठमाडौंः ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको...

चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडाैंमा प्रदर्शन (भिडियो)

काठमाडौं -  चिनियाँ हस्तक्षेपको विरुद्धमा काठमाडौंमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, 'भुमि...

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

काठमाडौं –  नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव...

जयनगर–कुर्था रेलमार्ग सहकार्य सम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलबीच छलफल

काठमाडौँ – रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। बैठकमा भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक...