ओलीलाई प्रचण्डको चेतावनी : अब बालुवाटार र सिंहदरबार घेर्न नपरोस् – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

ओलीलाई प्रचण्डको चेतावनी : अब बालुवाटार र सिंहदरबार घेर्न नपरोस्

1 year ago
A A
398
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किने बताएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए ।

उनले भने, ‘जनताप्रति हाम्रो ठूलो आस्था छ ।’

उनले ओलीको असंवैधानिक कदम विरुद्ध अब लाखौं जनता सडकमा आउने दाबी गरे ।

अध्यक्ष प्रचण्डले संवैधानिक निकायले विवेक प्रयोग गर्नेमा विश्वस्त रहेको बताउँदै भने, ‘केपीजीलाई हाम्रो अनुरोध छ, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’

उनले निर्वाचन आयोगलाई ‘काइते’ कुराको पछि नलाग्न समेत आग्रह गरे ।

उनले आफूहरु शान्तिपूर्ण राजनीतिमा रहेको बताउँदै कानूनी मान्यतमा दृढ रहेको बताए । उनले अदालतले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा फैसला गर्नेमा विश्वास व्यक्त गरे ।

‘राणाहरुले बनाएको संविधानदेखि अहिलसम्मका सबै संविधानबाट अनुभव लिएर जनहितमा अहिलेको बनाइएको संविधान हो,’ उनले भने, ‘असंवैधानिक कदम नसच्चिए कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ ।’

‘हिजो हामीले सानो विद्रोह गर्दा त्यस्तो अवस्था भयो भने अब झन कस्तो होला ?,’ उनले भने, ‘केपी ओली जस्तो निंकुश र एउटाको सनकका भरमा अदालतले फैसला गर्छ भन्ने हामीले पत्याउँछौं ?’

उनले ओली पक्षका मान्छेहरु लाम लागेर फर्किन लागेको समेत बताए । उनले भने, ‘दुई जना मन्त्रीसमेत फर्किने विषयमा मसँग कुरा भइरहेको छ ।’

ओलीले राम मन्दिर बनाउने लागेको कुरालाई लक्षित गर्दै यस विषयमा समेत चुनौती दिए ।

उनले भने, ‘म चुनौती दिन चाहान्छु, मन्दिर बनाउने हो भने अयोध्या भएको प्रमाणित गर्नुस्, अनुसन्धान गर्नुस् त्यसमा सबैभन्दा बढी खुशी मै हुन्छु । मेरो क्षेत्रमा यस्तो काम हुँदा म भन्दा अरु खुशी को होला ?  ’

उनले ओलीको नाटक सबैभन्दा बढी यो तीन वर्षमा आफूले भोगेको बताए ।

उनले ५० औं वर्ष सँगै काम गरेकाहरुलाई अन्याय गरेर ओलीले ठूलो गल्ती गरेको बताए । उनले भने, ‘माधव र झलनाथलाई यस्तो अपमान किन ?’

उनले ओलीले बिहान माधव नेपाललाई बोलाएर प्रधानमन्त्री बनाउने, बेलुका वामदेवलाई बनाउने भन्ने कुराले उनको नाटकको पर्दाफास भएको बताए ।

पार्टी एकता गर्दा सबै वर्ग, क्षेत्र,समुदायलाई आत्मसम्मान दिनेछौं भनेर प्रतिबद्धता गरिएको भए पनि ओलीकै कारण यो अवस्था आएको उनले आरोप लगाए ।

युवाहरुलाई देशभित्र काम गर्ने वातावरण बनाउने प्रतिज्ञा गरिएको भए पनि  यो अवस्थाको मुख्य कारण ओली नै भएको आरोप लगाए ।

Previous Post

थप १३४ जनामा कोरोना संक्रमण पुष्टि,११८ निको भए

Next Post

प्रतिनिधिसभा विघटन भए पछि आन्दोलन र समर्थन खर्चिलो बन्दै

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0
  • पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

    4 shares
    Share 0 Tweet 0
  • नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM