11 C
Nepal
Thursday, November 26, 2020

क्लिन फिड कार्यान्वयनमा सरकार तयार, क्लिन फिड प्रसारण नभए कारबाही

काठमाडौं । सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले तोकेकै अवधिबाट विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू गर्ने तयारी गरेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोकर्णमणि दुवाडीले बुधबार सूचना प्रकाशित गर्दै आगामी कात्तिक ७ गतेबाटै क्लिन फिड लागू गर्ने सरकारी तयारी रहेको उल्लेख गरेका छन् ।

सरकारले सम्बद्ध सबै संघसस्थालाई तोकिएकै मितिबाट क्लिन फिड लागू गर्न निर्देशनसमेत दिएको छ। गत वर्ष संघीय संसदबाट पारित विज्ञापन (नियमन गर्ने) ऐन २०७६ कात्तिक ८ मा प्रमाणीकरण भएको थियो। ऐनको परिच्छेद २ को ६ (१) मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रावधान समेटिएको छ ।

जसको उपदफा २ को (१) मा उक्त ऐन प्रारम्भ भएको एक वर्षभित्र विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। मन्त्रालयले क्लिन फिड प्रसारण नभए प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यस्तै, भारतीय ब्रोडकास्टिङ फाउन्डेसनले भदौ अन्तिम साता नेपाल सरकारलाई क्लिन फिड लागू गर्न थप ६ महिना समय माग गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ। फाउन्डेसनले कोरोना महाव्याधिका कारण प्राविधिक एवं व्यवस्थापकीय कार्यमा समस्या परेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अहिलेको संकटबाट सामान्य अवस्थामा फर्किएपछिको थप ६ महिना समय उपलब्ध गराउन पत्राचार गरेको थियो ।

मन्त्रालयले भारतीय पक्षले गरेको पत्राचारको झण्डै एक महिनापछि त्यस विषयमा धारणा सार्वजनिक गरेको हो। क्लिन फिड लागू गर्ने भनिए पनि ऐनको प्रावधान अनुसार सरकारले अहिलेसम्म विज्ञापन बोर्ड नै गठन गरेको छैन ।

गत असोज ५ मा संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकले पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आगामी कात्तिक ७ गतेबाटै क्लिन फिड कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो। विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रसारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो ।

पढनै पर्नी

कुलेश्वरमा विभिन्न बैंकको ११ थान चेकबुक र रकमसहित सात जुवाडेलाई पक्राउ

काठमाडौँ, मङ्सिर २ गते । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित...

ग्लोबल टाइम्सले लगाएको आरोपप्रति कांग्रेस केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण

काठमाडौं । पछिल्लो सयम चीनको मुख पत्र ग्लोबल टाइम्स पत्रिका र नेपाल स्थित रहेको चिनियाँ दूतावासले नेपाली काँग्रेसलाई बदनाम गर्ने कोशिस गरिहेको छ। जसको...

बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी : काठमाडौँ महानगरपालिका

काठमाडौँ, कात्तिक २८ गते । काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी गरेको छ । पारिश्रमिक कार्यविधि, २०७७ जारी भएसँगै महानगरले कोभिड–१९ का कारण बेरोजगार...

धन्वन्तरी जयन्ती र आरोग्य दिवस आज देशभरमा मनाउदै

काठमाडौँ, कात्तिक २८ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हेर्नु पर्ने

- Advertisement -

ताजा समाचार

भारतमा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप...

ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनी कालोसुचीमा

काठमाडौंः ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको...

चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडाैंमा प्रदर्शन (भिडियो)

काठमाडौं -  चिनियाँ हस्तक्षेपको विरुद्धमा काठमाडौंमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, 'भुमि...

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

काठमाडौं –  नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव...

जयनगर–कुर्था रेलमार्ग सहकार्य सम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलबीच छलफल

काठमाडौँ – रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। बैठकमा भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक...