काठमाडौं ३० साउन । कोरोनाको यो महामारीमा निकै लोकप्रिय कार्यक्रम नेपाल आइल सिजन ‘३’ को पुन : प्रसारण गएको साताबाट सुरु भएको छ । टप ५ बाट प्रसारण रोकिएको यो कार्यक्रम गएको साताबाट सुरु भएको हो ।
‘एपी वान एच डी’ टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडल सिजन ‘थ्रि’ को टप ५ बाट यो हप्ता नेसन पुन मगर आउट भएका छन् । योसँगै उनको नेपाल आइडल बन्ने सपना सकिएको छ । एल्लो कार्डबाट पुन: आइडलमा आएका किरण कुमार भुजेलले भने हिजो सबैभन्दा धेरै भोट पाएका थिए । नेपाल आइडलको प्रतिस्पर्थाको लागि टप फोमा अब किरण कुमार भुजेल, सज्जा मैनाली, प्रविन बेडवाल र केभिन ग्ल्याङ तामाङ रहेका छन् ।
नेसनले हिजो यो मुटुमा माया धेरै धड्कन बढ्दै आयो भन्ने गीत गित गाएका थिए । सिजन २ मा थेटर राउन्डबाट आउट भएका मगर सिजन थ्रीमा भने टप ५ बाट आउट भएका छन् ।