एजेन्सी-चर्चित बलिउड नायिका करिना कपुर सैफअली खानसँग बिहे गरेर दोस्रो श्रीमतीका रुपमा भित्रिएकी हुन् । सैफ अली खानले जम्मा २१ वर्षको छँदा अमृता सिंहसँग बिहे गरे दुई बच्चा जन्मिसकेको १३ वर्षपछि अमृतालाई डिर्भोष दिएका थिए ।
त्यसपछि करिना सैफकी दोस्रो पत्नि बनेर भित्रिएकी हुन् । यद्यपि सैफ भने करिनाको पहिलो पति हुन् ।
त्यस्तै विद्या बालन त अझ सिद्धार्थ रोय कपुरकी तेस्री पत्नीका रुपमा भित्रिएकी हुन् । यसअघि सिद्धार्थले दुईवटी श्रीमतीसँग बिहे गरेर सम्बन्धबिच्छेद गरेका थिए । कुनै समय बलिउडमा एक छत्र राज गरेकी विद्याले केहि बर्ष पहिला बिहे गरेकी हुन् ।